धनगढी पोष्ट
शुक्रबार, १३ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताएका छन् ।
शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले लगानी मैत्री वातावरण बनाउनका लागि आवश्यक प्रक्रियाहरू छलफल अगाडि बढाएको समेत बताए ।
ूसुदूरपश्चिममा थुप्रै सम्भावना रहेका छन,ू मुख्यमन्त्री शाहले भने, ूत्यसको खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग प्रदेश सरकार सहकार्य गर्न तयार छ।ू