धनगढी पोष्ट
शुक्रबार, १३ असार २०८२ मा प्रकाशित
रौतहट । वीरगन्जको बगहिमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका २८ को बगही टोलमा शुक्रबार दिउँसो माटो बोकेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा दुई किशोरको ज्यान गएको हो ।
भेडहा खोलाबाट माटो लिएर बगही गाउँ तर्फ जाँदै गरेको अवस्थामा नम्बर ल्लेट खुल्न नसकेको ट्याक्टर आफै दुर्घटना हुँदा स्थानीय १७ वर्षीय आकाश पटेल र १६ वर्षीय गोलु पटेलको ज्यान गएको छ ।
दुर्घटनामा वीरगन्ज–२८ इनर्वा गाउँका १९ वर्षीय जयकुमार मण्डल गम्भीर घाइते भएका छन् । भेडाहा खोलाबाट माटो लिएर बगगी गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रबार दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको थियो ।
आफैँ अनियन्त्रित भई खसेको ट्याक्टरमा च्यापिएर चालक आकाश र ट्याक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।
ट्याक्टर दुर्घटना बारे जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीले पुगेको थियो । मृतक दुवैको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको तथा घटना बारे अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।