धनगढी पोष्ट
शनिबार, १४ असार २०८२ मा प्रकाशित
धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गएराति सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको थियो।
दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।
गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।