धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिममा थप तीन वटा पिसिआर मेसिन सञ्चालनको तयारीमा

धनगढी

 कोरोना परिक्षणको दायरा बढाउन प्रदेश सरकारले खरिद गरेका तीन वटा पिसिआर मेसिन सञ्चालनका लागि ल्याव निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

 तीन वटा मध्य सेती प्रादेशिक अस्पतालले संचालन गर्ने गरी धनगढीमा जडान हुने मसिन आजे देखी सञ्चालनमा आउने जनाइएको छ । मेसिन सञ्चालनका लागि एसीको तापक्रम र पानीको व्यवस्थापन सकिएकाले आजै देखी पिसीआर परिक्षण गरिने सेती प्रादेशिम अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 यसै गरी डोटी जिल्ला अस्पतालले सञ्चालन गर्ने गरी जडान भइरहेको पिसआिर मेसिन साउन अन्तिम साता तिर सञ्चालन हुने सामानिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वपास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किका अनुससार पिसीआर मेसिन जडानका लागि ल्याव निर्माण भइरहेकाले साउन अन्तिम साता सम्म डोटीमा परिक्षण थालिने छ ।

 यस्तै बैतडीमा जडान गरिने पिसीआर मेसिन भने भदौ पहिलो साता मात्रै सञ्चालनमा आउने काकीृले बताए । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको छ । पिसीआर मेसिन जिल्ला पुगे पनि जडान हुन भने केही समय लाग्ने उनले बताए । जिल्ला अस्पताल बैतडीले सञ्चालन गर्ने गरी जडान हुने मेसिनका लागि ल्याब निमाृण नभउका कारण मेसिन जडान गर्न केही समय लाग्ने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

 जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीलेका अनुसारा  प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेकाले भदौ पहिलो सातासम्म मेसिन जडान कार्य सम्पन्न गरेर भदौ दोस्रो साताबाट प्रयोगशालाबाट कोरोना परीक्षण सुरू गर्ने लक्ष्य रहेको छ ।

 चैत १५ गते बसेको प्रदेश मन्त्री परिषदको निर्णय अनुसार सरकारले प्रदेशका तीन वटा मेसिन खरिद गरी कैलाली, डोटी र बैतडीमा मेसिन जडान गर्ने निर्णय गरेको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा पाँच पिसीआर मेसिनबाट दैनिक एक जहार पाँच सयको हाराहारीमा स्वाव परिक्षण गनृ सकिने छन् ।