धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

हरेक नागरिकले एउटा रुख रोपौँ : प्रधानमन्त्री

हरेक नागरिकले एउटा रुख रोपौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। 

प्रधानमन्त्री ओलीले आज  राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गरे। पृथ्वी, प्रकृति, भावी पुस्तालाई माया गर्न पनि एउटा बिरुवा रोप्नुपर्ने बताए। 

उनले भने, ‘म माननीय ज्युहरू र माननीय ज्युहरुमार्फत सिंगो देशलाई आग्रह गर्न चाहन्छु, सकेसम्म एउटा बिरुवा हरेकले राष्ट्रिय वृक्षारोपणका दिन सकेसम्म एउटा बिरुवा रोप्नुहोस् । पृथ्वी र प्रकृतिलाई माया गरौँ । भविष्यको पुस्तालाई माया गरौँ । भविष्य सुनिश्चित गरौँ । यो अभियान यसका लागि चलाउन आग्रह गर्दछु ।ु  

मदन भण्डारी देशका लागि विचार दिन सक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउन सक्ने नेता भएको पनि ओलीले बताए। 

उनले भने, ुमदन भण्डारी देशका लागि विचार दिन सक्ने र राजनीतिको दिशालाई मोडेर नयाँ दिशामा अघि बढाउन सक्ने नेता हो।’

प्रधानमन्त्री ओलीले विपद्बाट भएका क्षतिको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए। 


ट्रेन्डिङ