धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

धनगढीमा श्रीमद्-हरिहर चतुर्मास अनुष्ठान, शिवपुरी धर्मोत्सव हुने

धनगढीमा श्रीमद्-हरिहर  चतुर्मास अनुष्ठान, शिवपुरी धर्मोत्सव हुने

धनगढी ।  धनगढीमा श्रीमद्-हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव आयोजना हुने भएको छ। सुदूरपश्चिममा नमुना गुरुकुल स्थापनाका लागि सत्य सेवा प्रतिष्ठानको आयोजनामा यही असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म शिवपुरी धर्मोत्सव आयोजना गर्न लागेको हो ।

आयोजकले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिवपुरी धर्मेत्सवका बारे जानकारी दिइएको छ ।

वैदिक संस्कार, संस्कृति र शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सुदूरपश्चिमका लोक कलाको संरक्षणमा समेत सहयोग पुग्ने चतुर्मास अनुष्ठानका संकल्पकर्ता आचार्य सत्यराज अवस्थीले जानकारी दिए।

यस अनुष्ठानले सुदूरपश्चिममा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कारयुक्त समाज निर्माणमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ‌।

विद्यालय स्तरीय विविध प्रतियोगिता र लागूपदार्थ दुर्व्यसनलाई निराकरण गर्न समेत सचेतना मूलक संवाद चलाउने संकल्पकर्ता आचार्य अवस्थीले बताए ।

चतुर्मास अनुष्ठानमा गौरा महोत्सव, तीज महोत्सव, कृष्ण जन्माष्टमी महोत्सव, नवरात्री विशेष, दीपावली विशेषका कार्यक्रमहरू मुख्य रहेका छन्।

धार्मिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिएको शिवपुरी धर्मोत्सवलाई सफल बनाउन स्थानीयवासी, धार्मिक संघसंस्थाहरू र स्वयंसेवकहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।