धनगढी पोष्ट मङ्गलबार, १७ असार २०८२   July 1, 2025

चौलानी नदीमा हाम फालेर बैतडीका युवक बेपत्ता

चौलानी नदीमा हाम फालेर बैतडीका युवक बेपत्ता

दार्चुला  । बैतडीको डिलाशैनी गाउँपालिका –३ सिमारस्थित चौलानी नदीमा हाम फालेका युवक बेपत्ता भएका छन् । स्थानीय अन्दाजी २६ वर्षीय महेश रानाले सोमबार नदीमा हाम फालेर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार रानाले सोमबार बिहान साढे ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको खबर प्राप्त भयो ।

त्यस लगत्तै प्रहरीहरू घटनास्थलमा खटिएर बेपत्ताको खोजी र घटना बारे बुझिरहेको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए ।

अहिले बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।