बाकेमा समुदायस्तरमा गरिएको परिक्षणमा ८१ जनामा कोरोना संक्रमण

नेपालगन्ज

   बाँके जिल्लामा समुदाय स्तरमा गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका तीन हजार तीन सय ३८ जनामा रेन्डम सेम्पलिङ विधिबाट गरिएको कूल परीक्षण कन्ट्याक्ट ट्रेसिङको परीक्षण गरी दशमलब ४३ प्रतिशत कोरोना रिपोर्ट पोजेटिभ आएको हो

   श्रेष्ठका अनुसार केही सातादेखि जोखिममा रहेको समुदायमा रेन्डम सेम्पलिङ विधिबाट दुई हजार दुई सय दुई जनामा परीक्षण गर्दा ३४ जना अर्थात दशमलब ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो

 

   रेण्डम सेम्पलिङमा संक्रमित भेटिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर थप एक हजार एक सय ३६ जनाको परीक्षण गर्दा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो जुन परीक्षणको दशमलब ४३ प्रतिशत रिपोर्ट पोजेटिभ हो

   जिल्लाका कूल चार सय ७० कोरोना संक्रमितसँग समुदाय स्तरबाट पुष्टि भएको संख्या विश्लेषण गर्दा भने १७।२३ प्रतिशत रिपोर्ट पोजेटिभ आएको

  रेन्डम सेम्पलिङ कन्ट्याक्ट ट्रेसिङबाट पुष्टि भएका ८१ संक्रमित समुदाय स्तरका हुन्

  रेण्डम सेम्पलिङ कन्ट्याक्ट ट्रेसिङमा कोरोना संक्रमण भेटिएका अधिकांशको कुनै ट्राभल हिस्ट्री देखिँदैन   संक्रमण पुष्टि हुनेमा जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, निजामति कर्मचारी, व्यवसायी रहेका छन्

   बाकेमा समुदायस्तरमा कोरोनाको संक्रमण  देखएिपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको