धनगढी पोष्ट बिहिबार, १९ असार २०८२   July 3, 2025

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ ।

१ असारमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३३ अर्ब ४७ करोड बराबरको बजेट बुधबार प्रदेशसभाबाट सर्वसम्मत पारित भएको हो ।

तीन दिनसम्म चलेको बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षीभन्दा सत्तारुढ दलकै प्रदेशसभा सदस्य आक्रामक देखिएका थिए ।

बजेटमा मन्त्री र मुख्यमन्त्रीभन्दा बिचौलिया हाबी भएको भन्दै छानबिन समिति गठनको माग पनि उठेको थियो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले त सरकार नैतिक रूपमा ढलिसकेको टिप्पणी गरेका थिए ।

तर, बुधबार बजेट पारितका लागि आर्थिक मामिलामन्त्री थापाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।