धनगढी पोष्ट
बिहिबार, १९ असार २०८२ मा प्रकाशित
बारा । आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बच्चाले घरायसी विवादका कारण दाउ प्रहार गर्दा सहिनाको घटनास्थलमै मृत्यु भएकोभन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।