धनगढी पोष्ट शुक्रबार, २० असार २०८२   July 4, 2025

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे वनमन्त्री चौधरीलाई बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे वनमन्त्री चौधरीलाई बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् । 

सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । 

मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले बिहिवार पदमुक्त गरेका हुन् ।  

मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह नगरेको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको हुँदा चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो ।