धनगढी पोष्ट
शुक्रबार, २० असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । बिहिबार जानकी गाउँपालिका – ९ कटासेका २७ वर्षीय शंकर थापालाई घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको शरीर तथा घर कोठा खानतलासी गर्दा ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ , ३० ग्राम लागूऔषध (गाँजा), ल्ष्अNicator 10 लेखेको ट्याब्लेट २ पिस र Tramadol क्याप्सुल १ पिस फेला परेको जनाएको छ ।
उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।