धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन्।

बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले उनलाई पक्राउ परेको हो।

मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।


ट्रेन्डिङ