धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो।

घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।