धनगढी पोष्ट
सोमबार, २३ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-३ नारायणपुरको डोडा नदीमा सोही ठाउँ बस्ने तुला दत्त भट्टको छोरा अन्दाजी १५ वर्षीय सुनिल भट्टको नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
यस्तै, आइतवार साथीहरू सँग डोडा नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–३ का १७ वर्षीय सुन्दर प्रसाद भट्टको मृत्यु भएको छ।
घर नजिकै रहेको नदीमा नुहाउन गएका सुन्दरको शव स्थानीय र प्रहरीको सहयोगमा नदीबाट निकालेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।