धनगढी पोष्ट मङ्गलबार, २४ असार २०८२   July 8, 2025

धादिङको त्रिशूली नदीमा दुईको शव भेटियो

धादिङको त्रिशूली नदीमा दुईको शव भेटियो

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो।

बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिए।