धनगढी पोष्ट मङ्गलबार, २४ असार २०८२   July 8, 2025

रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो

रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ ।

बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।

रसुवागढीस्थित नेपाल–चिन अन्तर्राष्ट्रिय सीमा नाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता भएका तीनजना प्रहरीमा रसुवामा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत थिए ।

जसमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।

बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ छन् । 

बेपत्ता भएका अन्य नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् ।

यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।