धनगढी पोष्ट
बिहिबार, २६ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता भएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको छ । वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शव सनाखतपछि उनकै भएको खुलेको हो ।
यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ । विभत्स अवस्थामा रहेको शवको सनाखत हुन सकेको छैन ।
शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा बगेका अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।