धनगढी पोष्ट
शुक्रबार, २७ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेको छन् ।
जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीबाट ५ ग्राम ६७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित बिहविार चार जना पक्राउ परेको हुन् ।
पक्राउ पर्नेमा भजनी नगरपालिका – ४ का २५ वर्षीय मनोज चौधरी, सोही ठाउँका २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका – १२ का २१ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनीहरू सवार से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरको मोटरसाइकल पनि बरामद गरेर चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।