धनगढी पोष्ट शुक्रबार, २७ असार २०८२   July 11, 2025

भारतले धौलीगंगा बाँध खोल्यो

भारतले धौलीगंगा बाँध खोल्यो

बैतडी– भारतले धौलिगंगा बाँध खोलेको छ । बिहिबार राती नेपाली समय अनुसार करिब २ बजेतिर भारतको धारचुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिएको हो ।

धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक बढेकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ ।

धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ ।