धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मुख्यमन्त्रीले समय नदिएपछि प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्रीले समय नदिएपछि प्रदेश सभा बैठक स्थगित

धनगढी

मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तिम समयमा सम्बोधनका लागि समय दिन नसकेपछि बिहीबारका लागि निर्धारण गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको

प्रदेश सभामा उठेका बिभिन्न प्रश्न प्रदेशको प्राकृतिक बिपदबारे प्रदेश सभामा सम्बोधन गर्न मुख्यमन्त्रीले समय माग गरे अनुरुप समय ब्यवस्थापन गरिए पनि अन्तिम अवस्थामा मुख्यमन्त्रीले समय दिन नसक्ने भन्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएपछि बिहीबारका लागि निर्धारित बैठक स्थगित गरिएको

शुक्रबार दिउँसो बजे देखि शुरु हुने गरी राखिएको बैठक बजेटर १५ मिनेटमा स्थगित गरिएको हो मुख्यमन्त्री आफैले समय मागेकोले सम्बोधन गर्ने ब्यवस्था मिलाइएकोमा अन्तिममा आएर सम्बोधन नगर्ने जानकारी आएपछि सभामुख अर्जुन थापाले शुक्रबारको बैठक स्थगित गर्दै आइतबार दिउँसो बजेका लागि सारेका छन्

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रालयबाट जानकारी लिई सदनमा बोल्ने तयारी गरेका मुख्यमन्त्रीले केही बिभागीय मन्त्रीहरु प्रदेश बाहिर रहेकोले जानकारी आउन नसकेपछि सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका हुन् मुख्यमन्त्रीले सम्बोधन नगर्ने भएपछि बिहीबारका लागि कार्यसूचीमा राखिएका अन्य बिषयबस्तु   माथि पनि छलफल नगरी बैठक नै स्थगित गरिएको हो

बिहीबारका लागि प्रदेश सभामा दर्ता भएका तीन वटा विधेयकहरु माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम तय गरिएको थियो बिहीबारका लागि तोकिएका सबै बिषय आइतबारको बैठकका लागि सारिएको प्रदेश सभाका सचिव रामसिंह धामीले जानकारी दिएका छन्  

प्रतिपक्षी दलको नारवाजीका बीच प्रदेश सरकारको बजेट पारित गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक २७ दिनपछि साउन २० गते बसेको थियो