धनगढी पोष्ट शनिबार, २८ असार २०८२   July 12, 2025

धनगढीमा कोरा साइकलिङ्ग उत्सव हुँदै

धनगढीमा कोरा साइकलिङ्ग उत्सव हुँदै

धनगढी । धनगढीमा तेस्रो कोरा साइकलिङ्ग उत्सव हुने भएको छ । धनगढी साइकलिङ्ग ग्रुपको आयोजनामा साउन ३ गते साइकल यात्रीहरुलाई सामाजिक कामको लागि रकम संकलन गर्न तथा साइकलिङ्गप्रति आकर्षण गराउन उत्सव गरिन लागेको हो ।

यो वर्ष संकलन गरिने रकम धनगढीको निसर्ग अस्पतालमा उपचाररत बन्दना लिम्बुका लागि उपचार खर्च दिइने शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रालाई धनगढीमा २०२१ मा साइकल प्रेमी भरतविक्रम शाहीले शुरुवात गरेका थिए ।

यो वर्ष आयोजना हुने उत्सव धनगढीको कर्भडहलबाट शुरु भई गोदावरीको स्याउले हुँदै वेहडाबाबा मन्दिरसम्म पुगेर कर्भडहलमा समापन गरिने उत्सकवको मुख्य प्रायोजक रहेका श्रीनगर डेन्टलका सञ्चालक जीवन खड्काले जानकारी दिए ।

सन २०२१ मा ३५ किलोमिटर दुरी साइकल यात्रा भएकोमा यो वर्ष ५५ किलोमिटर यात्रा गरिने खड्काले बताए ।

धनगढीलाई हरियाली, स्वच्छ राख्न र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न उत्सव गरिन लागेको साइकल यात्री भरतविक्रम शाहले बताए ।

धनगढीमा साइकल लेन बनेपनि अहिले साइकलमा यात्रा गर्ने यात्री न्यून रहेकोले उत्सवले आकर्षण बढाउने उनको भनाई छ ।

कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । उत्सवमा ५० जना भन्दा बढीको सहभागिता रहने भएको छ ।