धनगढी पोष्ट आइतबार, २९ कार्तिक २०८३   November 15, 2026

दार्चुलामा घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुलामा घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार  महाकाली नगरपालिका–५ ठड्याकाठा भिरबाट लडेर ३५ वर्षीया मानमती बडूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार उनी घर नजिकैको मेलामा घाँस काट्ने क्रममा चिप्लिएर करिब डेढ सय मिटर तल खसेकी थिइन्। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिई शवलाई जिल्ला अस्पतालमा पुर्‍याएको जनाएको छ।


ट्रेन्डिङ