धनगढी पोष्ट शनिबार, २८ असार २०८२   July 12, 2025

कैलाली कारागारमा कैदीबन्दी बीच कुटाकुट

कैलाली कारागारमा कैदीबन्दी बीच कुटाकुट

धनगढी । जिल्ला कारागार कैलालीमा कैदीबन्दीहरू बीच कुटाकुट भएको छ । एक जना कैदीले नाइकेलाई कुटपिट कारागारमा कुटाकुट भएको हो ।

कारागारमा कुटाकुट भएर विवाद भएपछि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा कारागारमा पुगेका छन् ।  कुटाकुट हुँदा एक जना कैदीको नाकमा चोट लागेको छ ।

एसपी राणाले कारागारमा लफडा भएपछि अहिले सोधपुछ भइरहेको बताएका छन् ।

जिल्ला कारागार, कैलालीमा यस अघि पनि पटक–पटक यस्ता झगडा हुने गरेका छन् । फरक–फरक समूहमा बाँडिएका कैदीबिच विवाद र कुटाकुट हुने गरेको छ ।