धनगढी पोष्ट आइतबार, २९ असार २०८२   July 13, 2025

अछाममा जुवा खालबाट छ जना पक्राउ

अछाममा जुवा खालबाट छ जना पक्राउ

धनगढी । अछाममा प्रहरीले जुवा खालबाट ६जना पक्राउ गरेको छ । शनिवार बान्निगढी जयगढ गाउँपालिका –४ कैलाशखोलाका दीर्घ साउँदको पुरानो घरमा जुवा तास खेलिरहेका ६जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा बान्निगढी जयगढ गाउँपालिका – ४ का ४१ वर्षीय खेमराज शर्मा, बान्निगढी जयगढ गाउँपालिका – २ का ५५ वर्षीय गणेश बहादुर साउँद, मंगलसेन नगरपालिका – ९ का ३५ वर्षीय छत्र विक्रम रावल, मंगलसेन नगरपालिका – ५ का ४२ वर्षीय तेज प्रसाद ढुंगाना, मंगलसेन नगरपालिका –४ का ५१ वर्षीय एकेन्द्र धामी र सोही वडाका ४० वर्षीय दीपेन्द्र शाह रहेको प्रहरी निरीक्षक टेक बहादुर देउवाले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक देउवाको कमाण्डमा प्रहरी टोलीले जुवा खालबाट १८ हजार ९५ रुपैयाँ पनि बरामद गरिएको जनाएको छ ।