धनगढी पोष्ट
आइतबार, २९ असार २०८२ मा प्रकाशित
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ । छाउगोठमा सतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो ।
शुक्रबार साँझ सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया गालामा डसेको थियो । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए ।
