धनगढी पोष्ट
सोमबार, ३० असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।
आइतबार राती धनगढी उपमहानगरपालिका – १० जुगेडाबाट धनगढी उपमहानगरपालिका – ९ बंग्राकटानका ३३ वर्षीय नारायण बिक पक्राउ परेका हुन् ।
उनको साथबाट ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।