धनगढी पोष्ट बुधबार, ३२ असार २०८२   July 16, 2025

दार्चुलामा ८६ बण्डल बिडी बरामद

दार्चुलामा ८६ बण्डल बिडी बरामद

दार्चुला । दार्चुलामा भन्सार छलीका ८६ बण्डल बिडी बरामद गरिएको छ। जिल्लाको महाकाली नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १२ हजार ९ सयको भारतीय बिडी ८६ बण्डल बरामद गरिएको हो।

सोमवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी उक्त बिडी नियन्त्रणमा लिएको जनाएको छ।