धनगढी पोष्ट
बुधबार, ३२ असार २०८२ मा प्रकाशित
धनगढी । असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले कोसी प्रदेशसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
बुधवार सुदूरपश्चिम प्रदेश सरकारले भर्चुअल माध्यमबाट कोसी प्रदेशसँग अनुभव आदानप्रदान एवं नीति तथा कानुन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
कोसी प्रदेशले कोसी प्रदेश लगानी सम्मेलन २०८२, वैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ ।सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, विषयगत मन्त्रालयका मन्त्री प्रमुख सचिव विषयगत मन्त्रालयका सचिव सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उप सीमितका संयोजक तथा सदस्यहरू र कोसी प्रदेशबाट कोसी प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.मोहन सुवेदी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईँ र कोसी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोईरालाई अनुभव आदान प्रदान गर्नुभएको थियो ।