धनगढी पोष्ट
बिहिबार, ०१ साउन २०८२ मा प्रकाशित
अछाम । अछाममा एक जना ठेकेदार कुटिएका छन । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको समूहबाट कुटिएका हुन् । प्रहरीले वडाध्यक्ष भाट र कुटपिटमा संलग्न मदन विष्टलाई पक्राउ गरेको छ ।
बुढा गत असार २२ गते दिउँसो कुटिएका भएपनि असार ३० गते मात्र जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका थियो ।
जाहेरीपछि बुधवार वडाध्यक्ष सहित २ जनालाई फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटमा संलग्न अन्य भने फरार भएका छन ।
वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।
अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।