धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

रुकुम पश्चिममा जिप दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकै भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ।

वडा नं २ को बादँरपानी, रुघा हुँदै खलङ्गा जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो।

जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताए।

उनका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा रहेका छन्।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ। जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। जिप चालकसहित १० यात्रु थिए।

केही घाइतेको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले बताए। घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ।