धनगढी पोष्ट
शुक्रबार, ०२ साउन २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हलिया, कमलरी र कमैयाको जीविकोपार्जन र आयआर्जनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
शुक्रबार मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको २५ औँ कमैया मुक्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्रीले शाहले मुक्त कमैया, हलिया र कमलरिको सामाजिक र आर्थिक रूपान्तरणकाका साथै हक र अधिकारहरु सुनिश्चित गर्नका लागि शासकहरुसँग लड्दै आएको इतिहासको चर्चा गर्दै २०५७ साल श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले कमैया मुक्तिको घोषण गरेको बताए ।
हलिया, मुक्त कमलरी र कमैयाको पहिचान पुर्स्थापनाका लागि कार्यबिधी तयार पारेको र कार्यान्वयनको चरणमा छ, मुख्यमन्त्री शाहले भने, ‘थारु समुदायको बडघर र भलमन्सा प्रथालाइ कानुनी मान्यता दिनका लागि विधेयक मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभामा पेश गरिसकेको छ।