धनगढी पोष्ट शनिबार, ०३ साउन २०८२   July 19, 2025

पूर्वप्रधानमन्त्री प्रचण्डका पीएसओ न्यौपाने फेरिए

पूर्वप्रधानमन्त्री प्रचण्डका पीएसओ न्यौपाने फेरिए

काठमाडौं । तीन वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फेरिएका छन् । 

प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई फिर्ता गरेर अर्का डीएसपी दीपक सुवेदीलाई पठाएको हो ।

डीएसपी न्यौपाने विसं २०७९ साउनमा प्रचण्डको पीएसओको रूपमा खटिएका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी दीपक सुवेदीलाई पठाएको छ ।

न्यौपानेको सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुवेदी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले बिहीबार २० जना डीएसपीको सरुवा गरेको थियो ।