धनगढी पोष्ट
शुक्रबार, ०२ साउन २०८२ मा प्रकाशित
धनगढी । धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ हिमाली टोलमा १० वर्षीया बालिकालाई घरमै पुगेर अपहरण गर्न खोजेको भन्दै एक पुरुष पक्राउ परेका हुन् । उनलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलीका रामचन्द्र जोशी पक्राउ परेका हुन् । ‘जोशीको मानसिक अवस्था कमजोर रहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’