धनगढी पोष्ट
शनिबार, ०३ साउन २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी नगरपालिका–३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपाली पक्राउ परेका छन्।
नेपालीलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थाई प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।