धनगढी पोष्ट
शनिबार, ०३ साउन २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा हत्याको घटनामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१४, फूलबारीका ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा उनका भाइ ३३ वर्षीय पदम गिरी र भान्जा १८ वर्षीय प्रदीप बोहरा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, २९ असारमा प्रदीपले कुटपिट गर्दा घाइते भएका गणेशको ३० असारमा मृत्यु भएको थियो ।
ुमृतकका परिवारले शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए,ु डीएसपी सिंहले भने, ुबिहीबार गणेशको कुटपिटबाट मृत्यु भएको खबर प्रहरीसम्म आएपछि शव उत्खनन गरेर निकालिएको हो । सोही दिन आरोपित दुवै जनालाई पक्राउ गरिएको हो ।ु
उनका अनुसार शवलाई सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक गणेशमाथि एयरपड चोरी गरेको आरोप लगाउँदै भान्जा प्रदीपले कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ ।
ुगणेशमाथि भान्जा प्रदीपले आफ्नो एयरपड चोरी गरेको आरोप लगाएका थिए,ु डीएसपी सिंहले भने, ुसोही आरोपका कारण उनले कुटपिट गरेका रहेछन् ।ु घटनामा मृतकका भाइ पदम गिरीले सघाएको आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।