धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८२   July 29, 2025

कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

धनगढी । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका-९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो ।

म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा  आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।