धनगढी पोष्ट
शुक्रबार, २३ साउन २०७७ मा प्रकाशित
धनगढी
जिल्ला प्रशासन कार्यालय कन्चनपुरले मास्क नलगाएर सार्वजनिक स्थलमा जानेलाई कारवाही गर्ने भएको छ । कोरोनाको जोखिम बढ्न सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई कारवाही गर्ने भएको हो ।
‘मास्क नलगाउने र जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई तत्काल दण्ड जरिवाना गरिनेछ ।’ जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जारी जारी गरेको अत्यन्त जरुरी सुचनामा भनिएको छ ।
‘होटल, रेष्टुरेन्टमा हुने सामुहिक भोजभतेर, पार्टी, सेमीनार वा अन्य सामुहिक भेला गर्ने कार्यलाई पुर्ण रुपमा निषेध गर्ने’ अर्को व्यवस्था नभएसम्मका लागि जारी गएिको आदेशमा भनिएको छ ।
ढुवानी र अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा मात्र संचालन गर्ने र अन्तरराष्ट्रिय नाकामा हुन सक्ने अवैध कारोवारलाई पुर्ण रुपमा निषेध गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्धरा जारी सुचनामा भनिएको छ ।