धनगढी पोष्ट
मङ्गलबार, ०६ साउन २०८२ मा प्रकाशित
धनगढी । धनगढीको क्याम्पस चोकदेखि मोहना पुलसम्मको हुलाकी सडक अन्तरर्गत दुई वटा पुल निर्माण नहुँदा स्थानीयलाई समस्या भएको छ । हुलाकी सडक अन्तर्गत धनगढी उपहानगरपालिका वडा नम्बर १ र २ र वडा नम्बर १ र ८ नम्बर वडा जोड्ने पुल निर्माण नहुँदा स्थानीयलाई समस्या भएको हो ।
समयमै पुल निर्माण नहुँदा स्थानीयलाई एक वडाबाट अर्का वडामा जान समेत बजार घुमेर जानुपर्ने बाध्यता रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगर टोलका शंकर चौधरीले समयमै पुल निर्माण नहुँदा आफूहरुले अर्का वडामा जान समेत गाउँ पुरै घुम्मेर जानुपर्ने बताए ।
पुल निर्माण नहुँदा बर्खेमा बाढीको बेला बस्तीमा आवतजावत गर्ने समेत समस्या हुने गरेको उनले बताए । समयमै पुल निर्माण भएत आफूहरुलाई वारीपारी जान समेत छिटो हुने उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अर्का स्थानीय धिरज श्रेष्ठले समयमै पुल निर्माण नहुँदा वारीपारीको बस्ती जानलाई समेत ३÷४ किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको बताए । बर्खोको समयमा वारीपारीको स्कुललगायत क्यापस जानलाई पनि बजार घुम्मेर जानुपर्ने अवस्था रहेको उनले दुखेसो गरे ।
उनले समयमै पुल निर्माण भइदिएको भएत वारीपारी जानलाई छिटो सँगै समयको पनि बचत हुने दियो । उनले पुल बनिदिएको भए अहिलेसम्म सवारी साधन समेत सञ्चालनमा आउने थिए ।
हुलाकी सडक अन्तर्गतका दुई वटै पुल निर्माणका लागि मालिका निर्माण सेवा प्रा.लि महेन्द्रनगरसँग २०७८ साल फागुन १९ गते सम्झौता भएको थियो । सुरुको सम्झौता अनुसार दुवै पुल निर्माणको काम २०८० असार १९ गते सम्पन्न हुनुपर्ने हो । तर हालसम्म दुवै पुलको भौतिक प्रगति ६२ प्रतिशतमात्र रहेको छ ।
दुई पुलको लम्बाई २५÷२५ मिटरको रहेको छ । अहिले दुवै पुलको दोस्रो पटक म्याद थप भएको छ । धनगढी वडा नम्बर १ र २ जोड्ने पुलको दोस्रो पटक म्याद थप गरेर २०८२ पुस ९ गतेसम्म र वडा नम्बर १ र ८ जोड्ने पुलको दोस्रो पटक म्याद थप गरेर २०८२ कार्तिक २१ गतेसम्म म्याद थप गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीले जनाएको छ ।
वडा नम्बर १ र २ जोड्ने पुलको लागत चार करोड १० लाख ३० हजार रुपैयाँ रहेकोमा दुई करोड ४१ लाख १३ हजार रुपैयाँ खर्च भएको छ, भने वडा नम्बर १ र ८ जोड्ने पुलको लागत चार करोड १३ लाख ४२ हजार रुपैयाँ रहेकोमा दुई करोड ४१ लाख १४ हजार रुपैयाँ खर्च भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सूचना अधिकारी गणेशबहादुर बुढाले सुरुवाती चरणमा बजेट अभावले गर्दा पुल निर्माणको काम गर्न नसकिएको बताए । पछि–पछि बजेट आएपनि निर्माण कम्पनीले बर्खो सँगै विभिन्न बहना गरेकाले गर्दा पनि निर्माण कार्यमा ढिलाई भएको उनले बताए ।
निर्माण कम्पनीसँग आफूहरुले समयमै पुल निर्माणका लागि छलफल गर्दा आगामी आर्थिक वर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्न बाँचा समेत गरेको उनको भनाइ छ ।
बर्खो सकिदा साथ निर्माण कम्पनीलाई समयमै काम सक्नका लागि ताकेता समेत गर्न उनले बताए । म्याद थप भित्रै निर्माण कम्पनीले काम सम्पन्न नगरे विभिन्न चरण अनुसार कानुन कारवाहीलाई समेत अगाडि बढाउने उनको भनाइ छ ।