धनगढी पोष्ट
बुधबार, ०७ साउन २०८२ मा प्रकाशित
धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन। जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उनिहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।