धनगढी पोष्ट शुक्रबार, ०९ साउन २०८२   July 25, 2025

जंगली च्याउ खाँदा दुईको मृत्यु

जंगली च्याउ खाँदा दुईको मृत्यु

रुकुम पूर्व । रुकुम पूर्वको भुमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर अवस्थामा रहेका छन्।

 २ साउन गते ३५ वर्षकी रामकुमारी सुनार, उनकी छोरी ६ वर्षकी भाग्यरेखा बिक, वर्षीय आयुषा बिक र ३ वर्षीय योजन बिक जंगली च्याउ खाएपछि बिरामी परेका थिए।

उनीहरूलाई स्थानीय अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि साउन ६ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो।

उपचारको क्रममा योजन बिकको मंगलबार दिउँसो ३ बजे र भाग्यरेखा बिकको मंगलबार राति ११ बजेर ४५ मिनेटमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

रामकुमारी सुनार र आयुषा बिकको अवस्था भने गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा लैजानको तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।