धनगढी पोष्ट शुक्रबार, ०९ साउन २०८२   July 25, 2025

घुस प्रकरणमा बयान दिन रञ्जिता अख्तियारमा

घुस प्रकरणमा बयान दिन रञ्जिता अख्तियारमा

काठमाडौँ । घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छिन् । अख्तियारका अनुसार श्रेष्ठ बुधवार बिहान अख्तियार हाजिर भएकी हुन्।  

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनीसमेत संलग्न रहेको देखिएपछि अख्तियारले बयानका लागि बोलाएको हो । 

यही प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मंगलबार अख्तियारले भ्वाइस टेस्ट गरेको छ भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिइसकेका छन् ।

अख्तियारले श्रेष्ठसँग सार्वजनिक भएको अडियोमा भ्वाइस टेस्ट र अरु आवश्यक सोधपुछ गरेको छ।