धनगढी पोष्ट
बिहिबार, ०८ साउन २०८२ मा प्रकाशित
बाजुरा । हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिएका छन् ।
किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र ०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।
प्रहरी टोली दुर्घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।