धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

धनगढीमा आइतवार सार्वजनिक विदा

धनगढीमा आइतवार सार्वजनिक विदा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते (आइतवार) सार्वजनिक विदा दिएको छ। राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा उपमहानगरपालिकाले आइतवार स्थानीय सार्वजनिक विदा दिएको हो। 

नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो। सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए।

विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ–संस्थालगायत बन्द रहने जनाइएको छ । यसैबिच कञ्चनपुर नगरपालिकाले पनि तीजको अवसरमा साउन ११ गते सार्वजनिक विदा दिएको छ।