धनगढी पोष्ट
सोमबार, १२ साउन २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–१ लक्कडमण्डी बस्ने ४८ वर्षीय धनबहादुर बोहराको घर नजिकै रहेको टिनले छाएको र काठले बनेको गाई गोठ अगाडी मच्छर भगाउनको लागी बालेको आगोबाट आगलागी भएको हो।
आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बोका मध्ये १ बोका जलेर मरेको, १ बोका घाइते भएको, १ वटा गाई जलेर घाईते भएको र गोठ समेत पुर्ण रुपमा जली अन्दाजी मुल्य १ लाख आठ हजार चार सय बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ।