धनगढी पोष्ट बुधबार, १४ साउन २०८२   July 30, 2025

विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ : ऊर्जामन्त्री खड्का

विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ : ऊर्जामन्त्री खड्का

धनगढी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युतमा ‘ट्रिपिङ’ हुने समस्या भैरहेको बताएका छन । आज धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या रहेको बताएका हुन ।

उनले ‘ट्रिपिङ ले विद्युतमा समस्या आईरहेकाले त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए । उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’को अवस्था नरहेको बताए ।

‘गर्मीको समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,’ उनले भने, ‘वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।’