धनगढी पोष्ट बुधबार, १४ साउन २०८२   July 30, 2025

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

धनगढी । सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

लम्कीमा से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ठक्करबाट बा।२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से।१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।