धनगढी पोष्ट शुक्रबार, १६ साउन २०८२   August 1, 2025

कैलालीमा चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

कैलालीमा चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

धनगढी । कैलालीमा चार दिनदेखि बेपत्ता भएका २८ वर्षका पुरुषको शव फेला परेको छ । गौरीगंगा नगरपालिका—६ बनबेहडाका टेकबहादुर रोकाया मंगलबार मृत फेला परेका हुन् ।

गौरीगंगा—३ र चुरे गाउँपालिका–४ को बिचमा रहेको जंगलको शिवगंगा खोलाको किनारमा अड्केको अवस्थामा उनको शव फेला परेको हो । 

घटनास्थलमा शव पुरै सडेगलेको अवस्थामा थियो । गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जङ्गल गएका उतै हराएका थिए ।