धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा . विष्ट नियुक्त

कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा . विष्ट नियुक्त

धनगढी  । कैलाली बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखको रूपमा सह–प्राध्यापक डा. लोकबहादुर विष्ट नियुक्त भएका छन्।

हालै सम्पन्न प्राज्ञिक तथा प्रशासनिक प्रक्रियामार्फत नियुक्त डा. विष्टले सुदूरपश्चिम क्षेत्रमा उच्च शिक्षाको विकासमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

शैक्षिक नेतृत्व र प्रशासनमा लामो अनुभव भएका डा. विष्ट  कैलाली बहुमुखी क्याम्पसमा विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनी सह–प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक पूर्वाधारको सुदृढीकरण र समावेशी शैक्षिक वातावरण निर्माणतर्फ डा. विष्टको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ। कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयाराज भट्टको विदाई गरिए पछि आज बिष्टलाई नियुक्त गरिएको हो।