धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

रञ्जिताले बैठक नडाकेको हुनाले निकास खोजेका हौं : लालवीर

रञ्जिताले बैठक नडाकेको हुनाले निकास खोजेका हौं : लालवीर

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष लालवीर चौधरीले रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएका कारण  निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको बताएका छन्। अध्यक्ष बनेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले सो कुरा बताएका हुन्।

उनले भने,'डेढ वर्ष भयो उहाँ (रञ्जिता) ले बैठक नडाकेको हुनाले विकल्प खोजेका हौं । अहिले उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि झटपट गरेर बस्यौं । निकास निस्क्यो। उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ । उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं । पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ। अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । मात्रै निकास खोजेका हौं।'  


ट्रेन्डिङ